काठमाडौं । फ्रेन्च लिग वान अन्तरगत आइतबारकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन् ।
आइतबार राति लिलमाथि ४–३ को जित निकालेको उक्त खेलमा फरवार्ड नेयमारकाे घुँडाको चोट लागेकाे हाे । उक्त चाेटका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने बताइएकाे छ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निकालेकाे विज्ञेप्तिमा भनिएकाे छ उनकाे एमआरआई स्क्यानमा कुनै फ्याक्चरकाे समस्या देखिएकाे छैन् । तर लिगामेन्टको थप परिक्षण भइरहेको छ । फ्रान्सेली क्लब पीएसजीका अनुसार स्वास्थ्य परिक्षणपछि फरवार्ड नेयमार कम्तिमा पनि एक महिना मैदान बाहिर रहनु पर्नेछ ।
खेलमा बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए ।
