भर्खरै : Sorry, your browser does not support inline SVG.

शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ

शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ

काठमाडौं । बराह वर्ष पूरा भई मुसा वर्ष सुरु भएकाे अवसरमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाइदै छ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको हाे  ।

ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मानाइने परम्परा रहेकाे बताइन्छ । पहिलो दिन गुरुको हातबाट आशिष लिने, दोस्रो दिन अग्रजको हातबाट आशिष लिने र  तेस्रो दिन प्रकृति पुजा गरेर मनाइने शेर्पा समुदायकाे भनाइ रहेकाे छ । पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गरेका छन् ।

शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने बताइएकाे छ ।

यस पर्वमा  मैदाको पिठोबाट बनेको खाप्से लोपूल जस्ता विशेष परिकारहरू खाने गरीन्छ भने घरको छत, आगन, गुम्बा अनि चैत्यहरु पुराना ध्वजाहरु फेरिने र पारिवारीक भेटघाटको रुपमा पनि लिने गरिन्छ ।

ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.