घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु ५० लाख क्षति

घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु ५० लाख क्षति image

पाँचथर। फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । अन्यदुई जना घाइते भएका छन् ।

मेघबहादुर गुरुङको घरमा राति १ः३५ बजे अचानक आगलागी भएको र आगोमा परि उनकी २३ वर्षीया बुहारी आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भाग्न सफल भएका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी ५० लाख बराबर क्षति भएको प्रहरीको भनाइ छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरि आगलागी नियन्त्रण लिइएको थियो । तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda