भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु ५० लाख क्षति

घुमाउनेटारमा आगलागी, दुई जनाको मृत्यु ५० लाख क्षति

पाँचथर। फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । अन्यदुई जना घाइते भएका छन् ।

मेघबहादुर गुरुङको घरमा राति १ः३५ बजे अचानक आगलागी भएको र आगोमा परि उनकी २३ वर्षीया बुहारी आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भाग्न सफल भएका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी ५० लाख बराबर क्षति भएको प्रहरीको भनाइ छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरि आगलागी नियन्त्रण लिइएको थियो । तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.