भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

घ्याम्पेडाँडा दुर्घटनामा चारजना घाइते, एकको अवस्था गम्भीर

घ्याम्पेडाँडा दुर्घटनामा चारजना घाइते, एकको अवस्था गम्भीर

भक्तपुर । सूर्यविनायक नगरपालिकाको घ्याम्पेडाडा जाने बाटोमा दुर्घटना भएको छ । सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै घ्याम्पेडाडा जाने बाटोमा सूर्यविनायकतर्फ आउदै गरेको मोटरसाइकल र विपरित दिशातर्फ जाँंदै गरेको स्कुटर एक आपसमा ठोक्किएर चार जना घाइते भएका हुन् ।

बिहीबार साँंझ भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश –०२–०३० प ८१७५ नं को मोटरसाइकल र विपरति दिशातर्फ जादै गरेको बाग्मती प्रदेश –०२–०२८ प ५३७७ नं को स्कुटर एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट मोटरसाइकल चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने वर्ष ३४ का रुपेश रन्जितकार घाइते भएका छन् । उनको दाहिने खुट्टामा, आँखा र घाटीमा चोट लागेको छ । उपचारका लागि उनलाई साँंझ सात बजे भक्तपुर अस्पताल लगिएको छ भने ट्रमा सेन्टर रिफर गरिएको छ ।

मोटरसाइकल पछाडि सवार दाङ भालुवाङ २ घर भई हाल दुवाकोट बस्ने वर्ष २३ की आयुष्मा शाही घाइते भएकी छिन् । उनको दाहिने खुट्टामा चोट लागेको छ भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै स्कुटर चालक काभ्रे रोशी गाउँपालिका ९ मंगलटार घर भई हाल घ्याम्पेडाडा बस्ने वर्ष २८ की रिता तामाङ घाइते छिन् ।

उनको दाहिने आँखा र खुट्टामा चोट लागेको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । स्कुटी पछाडी सवारी निजको छोरी वर्ष ९ की निसु लामा घाइते छिन् । उनको दाहिने गाला, बाया हात र बाया खुट्टामा चोट लागेको छ ।

मध्यपुर अस्पतालमै उनको उपचार भइरहेको छ । अहिले दुवै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्र.स.नि.राजन वनमालाको नेतृत्वमा ४ जना टोली खटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.