भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चार गोठ जल्दा २० लाख बराबरको क्षति

चार गोठ जल्दा २० लाख बराबरको क्षति

स्याङ्जा । आगालागीबाट आँधीखोला गाउँपालिका–१ अर्घाउदीमा दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेर नष्ट भएका छन् । गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साझ जङ्गलबाट सुरु भएको आगालागी गाउँमा पुगेपछि घर र गोठ जलेको हो ।

स्थानिय खगेन्द्र तिवारी र धनपती तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । जङ्गलको बीचमा रहेका घरहरु अर्गाउदीमा दमकल सहितको सेना, शसस्त्रसहितको टोलीले गाउँ नै सखाप हुनबाट जोगाएको जनाइएको छ ।

आगालागीबाट मानवीय क्षति भने नभएको तर घरमा रहेको अन्न, लत्ताकपडा र भाडाँहरु जलेर नष्ट भएको जनाइएको छ । आगालागी पश्चात पुतलीबजार नगरपालिको दमलक, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय नागरिकको प्रयासमा चार घण्टामा नियन्त्रणमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.