तनहुँ । तनहुँ जिल्लाको छाब्दी बाराही मुहानदेखि ल्याएको अवरुद्ध पानी चार महिनापछि पुनः शुरु भएको छ । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी (खिरखादी) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले छाब्दी बाराहीमा
सात किलोमिटर दूरीमा पर्ने व्यास–१४ स्थित छाब्दी बाराही मुहानबाट ल्याइएको उक्त खानेपानी गत असार महिनादेखि अवरुद्ध भएपछि पुन शुचारु भएको हो । दुई लाखको नयाँ पाइप मुहानदेखि परिवर्तन गरे पनि पानी ट्याङ्कीमा नचढेपछि धेरै कठिनाइ भोग्नुपरेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।
मुहानबाट करिब २०० मिटर नयाँ पाइप जडान गरी पानी पुनः आपूर्ति गर्न खोजिए पनि ट्याङ्कीमा पानी नचढेपछि लामो समयदेखि सास्ती भोग्नुपरेको उनले जानकारी दिए । “पानी वितरण गर्न थुप्रै प्रयास गरियो तर उपाय लागेन”, अध्यक्ष दरैले भने, “त्यसपछि पाइप बिच्छ्याइएको स्थान हेर्दै जाँदा व्यास–१ मोहरियाटारस्थित रामजी पन्थको घरमुनिबाट पानी चुहावट भएको थाहा पाएपछि मर्मत गरी पानी पुनः वितरण गर्न सफल भएको हो ।
