भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

चालकलाई ठाउँको ठाउँ ट्राफिक नियम

चालकलाई ठाउँको ठाउँ ट्राफिक नियम

मान्म कालिकोट । सवारी दुर्घटना न्यूनीकरण गर्न कालिकोट प्रहरीले सचेतना अभियान थालेको छ । मृत्युमार्गको रुपमा परिचित कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि माताहातका प्रहरी युनिटहरूलाई परिचालन गरेर सचेतना दिन थालिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्थायी प्रहरी पोष्ट हुल्मका इन्चार्ज तिलकबहादुर डाँगीको कमाण्डमा पाँच जनाको टोली अहिले कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्डमा गुड्ने गाडीहरूलाई हुल्म बजारमा रोकेर अभिमुखीकरण गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले ट्राफिक नियमको पालना कडाइकासाथ लिएको छ । कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूलाई सचेत बनाउने कार्य भइरहेको कार्यालयका निमित्त प्रमुख इन्सपेक्टर सुभराज बमले बताए ।

बमले भने, ‘राजमार्गसँगै जोडिएका प्रहरी युनिटहरूलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जोगाउने र गाँउ बस्तीमा रहेका प्रहरी युनिटहरूलाई विभिन्न सामाजिक विकृतिहरूका बिरुद्ध सचेतना जोगाउने अभियानलाई सक्रिय बनाएका छौँ ।

यसले सामाजिक अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छु ।’ विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेका छन् ।

प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा सामाजिक अपराधहरूमा कमी आउनुका साथै नागरिक र प्रहरीको सम्बन्धमा सुधार हुदै गएको छ । समाजमा हुने घरेलु हिंसा, बाल विवाह, छाउपडी प्रथा, जातीय छुवाछुत, यौन हिंसा लगायतका सबै किसिमका सामाजिक अपराधहरू न्यूनीकरणका लागि यस कार्यक्रमले थप सहयोग पु्याएको छ।

 


Thali Mobile Pvt.Ltd.