भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ, म्याद थप गरेर अनुसन्धान गरिने

चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ, म्याद थप गरेर अनुसन्धान गरिने

काठमाडौं । चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । शुक्रबार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने समेत जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए । सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए । उक्त घटनामा शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.