भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

चितवन राष्ट्रिय निकुञ्जः एक वर्षमा २१ गैँडा र आठ वटा बाघ मरे, एक सय ४१ वटा अजिङ्गरको उद्धार

चितवन राष्ट्रिय निकुञ्जः एक वर्षमा २१ गैँडा र आठ वटा बाघ मरे, एक सय ४१ वटा अजिङ्गरको उद्धार

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा गएको आर्थिक वर्ष १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । मर्नेमध्ये सबैभन्दा धेरै चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट दुई र प्राकृतिक कारणले २२ गरी २४ वटा चित्तल मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । एक वर्षमा २१ वटा गैँडा मरेका छन् ।

१८ वटा गैँडा प्राकृतिक कारणले, दुई वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ वटा बाघ मरेका छन् । यस्तै चार वटा हात्ती मरेका छन् । गएको वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै एक सय ४१ वटा अजिङ्गर रहेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.