भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवन राष्ट्रिय निकुञ्जः एक वर्षमा २१ गैँडा र आठ वटा बाघ मरे, एक सय ४१ वटा अजिङ्गरको उद्धार

चितवन राष्ट्रिय निकुञ्जः एक वर्षमा २१ गैँडा र आठ वटा बाघ मरे, एक सय ४१ वटा अजिङ्गरको उद्धार

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा गएको आर्थिक वर्ष १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । मर्नेमध्ये सबैभन्दा धेरै चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट दुई र प्राकृतिक कारणले २२ गरी २४ वटा चित्तल मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । एक वर्षमा २१ वटा गैँडा मरेका छन् ।

१८ वटा गैँडा प्राकृतिक कारणले, दुई वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ वटा बाघ मरेका छन् । यस्तै चार वटा हात्ती मरेका छन् । गएको वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै एक सय ४१ वटा अजिङ्गर रहेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.