काठमाण्डौ । आज तोलामा सुनको भाउ एक सय रुपैयाँले बढेको छ ।
हिजो एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
