भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिताएको सबै पूरा गरिदिने दक्षिणकाली भगवती मन्दिरको विशेषता

चिताएको सबै पूरा गरिदिने दक्षिणकाली भगवती मन्दिरको विशेषता

काठमाडौं । दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ।

यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्। यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ।

यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलतस् दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ। पहिले पहिले यो मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रिएको देख्न सकिन्छ।

 


Thali Mobile Pvt.Ltd.