भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारले गरेको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

सरकारप्रति सुरुदेखि नै नरम नीति लिएको कांग्रेस तनहुँमा पौडेलमाथि खनिएको विरोधममा काँग्रेस चिढिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन् ।

महिला हिंसा र बलात्कार व्यापक वृद्धि, गैरजिम्मेवार, कोरोनाका कारण हजारौं युवा बेरोजगार, लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै दृष्टि नहुनु, सरकार शून्यतामा रमाउनुले कांग्रेसले सोमबार प्रदर्शन गर्न लागेको देउवाले बताए ।

 


Thali Mobile Pvt.Ltd.