भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत

तनहुँ । बन्दीपुर गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका सुप्रिम बगाले मगरको परिवारलाई रु ५० हजार प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे । चितुवाको आक्रमणबाट मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो ।

उनी घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए। गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.