काठमाडौं । चिनियाँ राजदूत छेन सोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
अध्यक्ष ओली र राजदूत सोङबीच आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
दुई देशबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा सामान्य छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।