भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चिनीसहितको ट्रक पक्राउ

चिनीसहितको ट्रक पक्राउ

काभ्रे । ईलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले आज काभ्रेको बनेपाबाट राजश्‍व छली गरी अवैधरुपमा ९२ बोरा चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोको ९२ बोरा करिब ५ लाख ९८ हजारको चिनी बरामद गरेको हो ।

ट्रक चालक राजु तिमल्सिनासंग कुनैपनि कागजात नरहेको प्रहरीले जनाएको छ । अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं.को ट्रक, नियन्त्रणमा लिएर अनुसन्धान थालेको काभ्रे प्रहरीले जनाएको छ ।

अबैध रुपमा राजश्व छली गरी लिई आउने राजु तिमल्सिनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.