भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

चिनीसहितको ट्रक पक्राउ

चिनीसहितको ट्रक पक्राउ

काभ्रे । ईलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले आज काभ्रेको बनेपाबाट राजश्‍व छली गरी अवैधरुपमा ९२ बोरा चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । धानको बोराले छोपी लुकाई छिपाई ल्याएको ५० किलोको ९२ बोरा करिब ५ लाख ९८ हजारको चिनी बरामद गरेको हो ।

ट्रक चालक राजु तिमल्सिनासंग कुनैपनि कागजात नरहेको प्रहरीले जनाएको छ । अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं.को ट्रक, नियन्त्रणमा लिएर अनुसन्धान थालेको काभ्रे प्रहरीले जनाएको छ ।

अबैध रुपमा राजश्व छली गरी लिई आउने राजु तिमल्सिनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.