भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चीनको जिगोङ शहरमा १४ तले भवनमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको जिगोङ शहरमा १४ तले भवनमा आगलागी, १६ जनाको ज्यान गयो

चीन । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको ज्यान गएको छ । सिचुवान प्रान्तको शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरू ३० जनाभन्दा धेरै मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । आगलागीको कारण पत्ता लगाउन र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको प्रान्तीय अधिकारीले बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गएको जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको ज्यान गएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.