कैलाली ,चेक बाउन्सको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । दार्चुलाको नौगाड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष चेक बाउन्स गरि ठगी गरेको आरोपमा कैलालीबाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। पक्राउ गरिएपनि उनलाई हाजिर जमानीमा छाडिएको थियो।
त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई जेठ २५ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष धामीलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए।
उक्त खातामा रकम नै नभएको भेउ पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । वडा नं ४ का वडा अध्यक्ष कृष्णसिंह धामी चेकै कारण पक्राउ परेको र यसबार आफूलाई थप जानकारी नभएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र सिंह बोहराले जानकारी दिए ।
