भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित

चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ ।

साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, अग्रता लामो समय टिकेन । २८औं मिनेटमा रोमिओ लाभियाले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए । एडम आम्स्ट्रङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साउथह्याम्पटनलाई २–१ को अग्रता दिलाए ।

त्यही अग्रता कायम राख्दै साउथह्याम्पटनले खेल जित्न सफल भयो । पाँच खेलबाट ७ अंक जोड्दै साउथह्याम्पटन सातौं स्थानमा उक्लेको छ । समान अंक रहे पनि चेल्सी आठौं स्थानमा झरेको छ ।

 


Thali Mobile Pvt.Ltd.