भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित

चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ ।

साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, अग्रता लामो समय टिकेन । २८औं मिनेटमा रोमिओ लाभियाले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए । एडम आम्स्ट्रङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साउथह्याम्पटनलाई २–१ को अग्रता दिलाए ।

त्यही अग्रता कायम राख्दै साउथह्याम्पटनले खेल जित्न सफल भयो । पाँच खेलबाट ७ अंक जोड्दै साउथह्याम्पटन सातौं स्थानमा उक्लेको छ । समान अंक रहे पनि चेल्सी आठौं स्थानमा झरेको छ ।

 


Thali Mobile Pvt.Ltd.