भर्खरै : Sorry, your browser does not support inline SVG.
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट |

चौतर्फी आलोचना र दबाबपछि सरकारले बल्ल कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

चौतर्फी आलोचना र दबाबपछि सरकारले बल्ल कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

काठमाडौँ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई निर्देशन दिएको भन्दै एक मन्त्रीले कैलाश खबरलाई बताए । परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार भएपछि सर्वसाधारणलाई जानकारी गराउने उनको भनाई छ । कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सरकारले व्यवास्ता गर्दै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै आएको थियो ।

उल्टै सर्वोच्चको फैसलामाथि पुनरावलोकन गर्न निवेदन दिएको सरकारलाई सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाएपछि बाध्य भएर सरकार अदालतको आदेश कार्यान्वयन गर्न लागेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो । चौतर्फी दबाब परेपछि अन्ततः सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.