भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

चौपायाको स्वास्थ्य परीक्षण शुरू

चौपायाको स्वास्थ्य परीक्षण शुरू

काठमाडौं । महानगरपालिकाले राजधानीवासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने कामपा जनस्वाथ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले बताए ।

कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाले कलंकी, बिजुलीबजार र बागबजार खसी बजारमा समेत अनुगमन गर्ने तयारी गरेको छ ।

महानगरवासीलाई स्वस्थ्य मासु खुवाउने योजनासहित त्यस्ता चौपायाको अनुगमन गर्न लागिएको वरिष्ठ पशु चिकित्सक डा. झाले बताए ।

विगत वर्षको भन्दा यो वर्ष थप व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण र बजार अनुगमन गर्ने कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरले चौपाया बिक्रीस्थलमै आइसोलेसन सेन्टर बनाउने र तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वाथ्य परीक्षण र उपचार गर्ने तयारी पनि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.