भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जंगली च्याउमा फस्टायो पर्यटन

जंगली च्याउमा फस्टायो पर्यटन

काठमाडौं । नेपालमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । असार ५ देखि १८ गतेसम्म अमेरिकी, मेक्सिकन लगायतका पर्यटक र नेपाली च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविर सम्मको यात्रा गरी च्याउको पारिस्थितिक प्रणाली अवलोकन गरेको हो ।

१४ जनाको टोलीले सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा गरेको थियो । मनसुन सिजनमा च्याउ प्रशस्त उम्रने भएकाले अफसिजनमा समेत च्याउ पर्यटनले पर्यटक भित्र्याउन केही सघाउ पुर्‍यायो ।

टोलीले भ्रमणका क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको थियो । यसले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको च्याउको संसार पर्यटकीय हिसावले प्रवर्द्धन गर्न प्रचुर सम्भावनायुक्त रहेको प्रष्टयाएको छ ।

च्याउ पर्यटनको सफल भ्रमण गरेर काठमाडौं फर्केका अमेरिकी पर्यटक एवं साउदर्न इडाहो माइकोलोजी एसोशिएसनका प्रवन्ध निर्देशक मिकी माइरे सगरमाथाको काखसम्मको अवलोकन अभुतपूर्व भएको बताए । जंगली च्याउको पर्यटनको सम्भाव्यता अध्ययन गरेर यसलाई प्रवर्द्धन र विकास गर्न सके स्थानीय पर्यटनलाई टेवा पुग्ने स्थानीयको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.