भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर खोजियो

जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर खोजियो

काठमाडौ । नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ । हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले राससलाई जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो । अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ ।भेरोसेल दोस्रो चरणको खोप शुरु यसैबीच कोरोनाबाट बच्न उपयोगी मानिएको चिनियाँ खोप भेरोसेलको दोस्रो चरण नगरपालिकाका दुई केन्द्रमा लगाउन शुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ । वडा नं ५ स्थित चामुण्डा उच्च मावि भवन परिसर र नेपाल मेडिकल कलेज परिसरमा बिहान १०ः०० बजेदेखि खोप शुरु गरिएको हो ।

जनप्रतिनिधिको उपस्थितिमा नगरपालिका स्वास्थ्य शाखा, नेपाल प्रहरी, नेपाल रेडक्रस, नगर प्रहरीको व्यवस्थापनमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी खोप सेवा शुरु गरिएको छ । दोस्रो चरणको खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सुनाउनुभयो । पहिलो चरणको खोप कार्ड लिएर आउनेलाई मापदण्डअनुसार लाममा राखी खोप दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.