भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

जनमुक्ति सेना दिवशले सिकाएको विकल्प के ? (भिडियाे)

जनमुक्ति सेना दिवशले सिकाएको विकल्प के ? (भिडियाे)

‘सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुदैन’ जव चिनियाँ जनता र त्यहाँको राज्यसत्ता तथा जापानीहरुसंगको लडाईमा क. माओत्सेतुङ्गले मनलाई भित्रैबाट निचोरेर भनेको यो वाक्याशं अहिले पनि सान्दर्भिक छ । आज जनमुक्ति सेना दिवस हो । यो शब्द अहिले पनि त्यतिकै सन्दर्भसँग जोडिदै छ । हुन त आज कतिपय युद्ध लडेका र संसदीय राजनीति भित्र छिरेपछि यो दिवश विर्शेकाका पनि होलान् ।

लेखाइ पूव अर्थात सर्वप्रथम सबै नेपालीजनमा जनमुक्ति सेना दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु । जुनसुकै देशले आफ्नो राष्ट्रिय सुरक्षा अंगका रुपमा सेनालाई लिने गर्दछन् । सबै राष्ट्रले सेना निर्माण गरे कै हुन्छन् । सेना र सत्ता शासकहरुले आफ्नो स्वार्थ अनुरुप प्रयोग गरेका पनि थुप्रै अनुभव छन् । मैले माथि प्रयोग गरेको माओको भनाई सबै सेनाको पक्षमा भनिएको होइन, कुरा जनतासंगको हो ।

सर्वहारा जनताको आफ्नो सेना अनिवार्य हुन जरुरी छ भन्ने कुरा नै यहाँ स्पष्ट पार्न चाहन्छु । साम्राज्यवादी दलाल शासकहरुले सेनालाई राष्ट्रिय गौरवको रुपमा लिएका तर तिनीहरुलाई व्यवसायीक्ताका नाममा ब्यारेकमा कैद गरेका र आफ्नो नियन्त्रणमा राखेका हुन्छन् । जसका कारण राष्ट्रियता र जनताको अनुकुल्तमामा सेनाले काम गर्न सक्दैन र स्वविवेकले चल्न पनि सक्दैन । उ कसैको आदेशको पर्खाईमा बसेको हुन्छ ।

साम्राज्यवादी शासकहरुले सेनालाई जनताका विरुद्धमा परिचालन गरेका उदाहरण थुप्रै भेटिन्छन् । हिजो नेपाली जनताका विरुद्ध शाही नेपाली सेना पनि परिचालन गरिएको थियो । नेपालीका विरुद्ध लड्ने नेपाली सेना आफ्नो भूगोल कालापानी, लिपुलेख, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा हाल्दा पनि शासकहरुले नत कुनै आदेश दिए । न त नेपाली सेनाले कुनै कदम चाल्न नै सक्यो ।

उल्टै भारतीय सैन्य कमाण्डर सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेले ती भुमी आफ्नो भएको दावी गर्दा समेत नेपाली सेना मुकदर्शक भएर बसिरहेको छ । नेपाली शासकले आफु अनुकुल नियन्त्रित सेनालाई कुनै आदेश नै दिए । यदी जननियन्त्रित जनताको सेना भएको भए सवैभन्दा पहिले त्यसकाविरुद्ध आवाज उठाउथ्यो होला । त्यसैले क. माओले उठाएको त्यो वाक्याशं सान्दर्भिक छ । २०५२ सालमा स्थापना भएको जनमुक्ति सेना सर्वहारा जनताको अग्रदस्ताको रुपमा निर्माण भएको थियो ।

नेपालको सन्दर्भमा जनयुद्धको सुरुवात गरेर ठाउँ ठाउँमा आक्रमण गरेपनि माओवादीसंग सेनाको संगठित र नियमित सेना थिएन । देशका तीन ओटा प्रहरी चौकिमा आक्रमण गरेर जनयुद्ध घोषणा गरेको माओवादीले फौजि हमला गर्ने र बिकेन्द्रित गर्ने अनि पार्टी काममा खट्ने गरि लडाकु दल तयार पारेको थियो ।

स्क्वाड र प्लाटुनसम्मको सैन्य दस्ता निर्माण गरेर फौजि हमला गर्दै अगाडि बढेको लामो समय सम्म पनि औपचारिक जनमुक्ति सेनाको घोषणा गरेको थियन । राज्यसत्ताकै विरुद्धमा लागेको माओवादी लडाकु दस्ताले प्रहरीमाथि आक्रमण गरी जनमुक्ति सेनासंग आक्रमण जारी राखेको थियो । प्रहरीहरु गाउँ छोडेर सदरमुकाम केन्द्रित भएको अबस्था थियो । अन्तराष्ट्रिय राजनितिमा नयाँ खालको हलचल र जनयुद्धलाई उचाईमा पुर्याउन माओवादीले नयाँ रणनीति अघि ल्यायो ।

जस अनुसार २०५८ साल मंसिर ८ गते दाङ घोराहीमा तत्कालिन शाही नेपाली सेना माथि हमला गरेर विजय प्राप्त गर्यो । जनयुद्धकै सबै भन्दा ठूलो र महत्वपुर्ण त्यो कार्वाही सफल भएपछि माओवादीले औपचारीक हिसाबमै जनमुक्ति सेना निर्माण भएको घोषणा ग¥यो । त्यस यता जनमुक्ति सेनाले देशैभरी शाही सेनामाथि निरन्तर हमला गर्दै सेनाको संरचनालाई ७ वटा डिभिजनसम्म विस्तार ग¥यो ।

त्यसै दिनको अवशर पारेर हरेक वर्ष मंसिर ८ गते जनमुक्ति सेना दिवस मनाउने संस्कार बसाल्यो । देशको असी प्रतिशत भूगोल कब्जा गरी जनताको पक्षमा ल्याएको जनसेना अहिले भने कुन चराको नाम हो ? भन्ने अवस्थामा पुगेको छ । जनताले आफ्नै पहलमा निर्माण गरेको जनमुक्ति सेना प्रचण्ड बाबुराम भटराईकै पहलमा विघटन गरेर जनमुक्ति सेनाको अस्तित्व नै समाप्त गरेका हुन् ।

यतिवेला देश र नेपाली जनताले जनमुक्ति सेना बिहिन हुदा राष्ट्रितामाथि गम्भीर प्रकारको संकट पैदा भैरहेको र राष्ट्रिय सुरक्षामा संकट परेको महशुस गरिरेहेका छन् । पूर्व जनमुक्ति सेनाहरु थोरै समायोजनमा गएका छन् भने बहुमत खाडी मुलुकमा गैटी, विल्चासंग पसिना साँटिरहेका छन् । त कोही भेडा चराउँदै विगत सम्झीरहेका छन् । घाईते, अपाङ्ग, व्यपत्ता र सहिद परिवारको विजोग भएको छ ।

यता विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले दलाल संसदिय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियान भनेर एकीकृत जनक्रान्तिको नाममा जनमुक्ति सेना निर्माणको विषयलाई विशेष जोड दिएको छ । जनमुक्ति सेना विना जनताको मुक्ति सम्भव छैन भन्ने कुरा गहिरो महशुस विप्लव ने.क.पाले गरेको छ ।

मंसिर ८ गतेलाई जनमुक्ति सेना दिवसको रुपमा मनाउनुको अर्थ सामन्तवादका विरुद्ध नेपालका युवा पुस्ता जुटेको दिनको अवसर र जुट्नु पर्ने आवश्यक्ताको महशुस गर्नु हो । १० वर्षको सशस्त्र जनयुद्धमा धेरै चौकी आक्रमण भए । जनयुद्धमा हजारौं योद्धाहरु घाइते भए । हजारौं अपाङ्ग छन् । हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ भने हरेक मंसिर ८ गते जनमुक्ति सेना दिवस मनाउने गरिन्छ ।

तर जनयुद्धकारी शक्तिहरु अहिले अलगथलग भएर विभिन्न टुक्रा टुक्रमा विभाजित भएका छन् । हुनत जनयुद्धले परिवर्तनका विभिन्न एजेन्डालाई स्थापित नगरेको होईन । जनयुद्धले कोरेको मार्गमा हिडेकाहरु जनयुद्ध पछिका १६ बर्ष शान्ति प्रक्रियामा आँउदा जनताको जिवनमा वैचारिक चेतनाको बिकास बाहेक कुनै भौतिक परिवर्तन हुनसकेको छैन । जनताले कष्ट भोग्नु परिरहेको छ ।

वर्तमान राजनीति नेतृत्वका कारण राजनीति अलमलिएको छ । मुलकमा भ्रष्टाचार मौलाएको छ । जनसेवक भनिएकाहरु जनतालाई दास बनाउने धाउन्यमा लागी परेका छन् । सामन्तवादको पुनःजन्म भइरहेको छ । जुन परिवर्तनका अवयवहरुले नेपालको राजनीतिक परिवर्तनलाई मात्रै नभएर कम्युनिष्ट मुलुकहरुमा नयाँ सन्देश दिन सफल भएको थियो । त्यसलाई विर्सिएकाहरुले आजको दिनलाई कसरी सझिरहेका छन् ।

जनताले घाम जस्तै छर्लङ्ग देखिरहेका छन् । यो दिवशको सार्थकताले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र र संघिएताको अभ्यास भइरहेको छ । जसको जगमा हालका उपराष्ट्रपति, नन्दकिशोर पुन पासाङ, उर्जामन्त्री वर्षमान पुन, अनन्त, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा प्रभाकर, कृष्णबहादुर महरा, देव गुरुङ, चन्द्र प्रकाश खनाल, रामबहादुर थापा बादलसम्म त्यहि जनयुद्धले उत्पादन गरेका हुन् ।

जनयुद्धले जनताको शासन स्थापित गर्ने प्रयत्न गरिरहदा राजासंग मिलेर आतंककारी घोषणा गर्दै टाउकाको मोल तोकेकाहरुसंग माओवादी नेर्तत्वले घाँटी जोडेर प्राप्त उपलब्धि समेत गुमाईरहेको छ भने माओवादीलाई राज्यको विकल्प सोच्ने स्थितिमा लैजाने, देशलाई स्वतन्त्र बनाउने र निरंकुशताबाट निकास निकाल्नका लागि आधा पेट खाएर युद्धलाई सार्थक्तामा पु¥याउने जनमुक्ति सेनाहरु उपलब्धि विहिन भएर पेटका लागि खाडी मुलुक छिर्नुको निरिहता भोगिरहेका छन् ।

यो वर्तमान अवस्थाबाट पार पाउनका लागि माओवादी नेतृत्व थुम्कासंग पौठेजोरी खेल्ने होईन नयाँ शिराबाट सगरमाथाको उचाई चुम्न जरुरी छ । नत्रभने जनताले थुक्नुको विकल्प नेतृत्वसंग हुने छैन । समय बलवान छ समयमै वुद्दि पुर्याएमा फेरीपनि जनताले साथ दिनेछनन् । सर्वहारा वर्गकाे पक्षमा उभिन हार्दिक अनुराेध छ ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.