भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

मुख्य बुँदा

वालिङ–१३ तारुखोलामा व्यावसायिक अकबरे खुर्सानी खेती विस्तार ।

करिब ६० रोपनीमा ७० हजारभन्दा बढी खुर्सानीका बिरुवा लगाइएको ।

धान र मकैभन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने किसानको अनुभव ।

बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेतीप्रति किसानको आकर्षण बढेको ।

दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी बिक्री ।

प्रतिकिलो २२० रुपैयाँका दरले खुर्सानी बिक्री भइरहेको ।

हालसम्म करिब ७ लाख रुपैयाँको खुर्सानी बिक्री भइसकेको ।

कृषि विकास परियोजनाबाट प्राविधिक सहयोग, मल्चिङ प्लास्टिक, मल र सुकाउने मेसिन उपलब्ध ।

स्याङ्जा, २८ भदौ । स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ।

वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताए। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उनले बताए।

“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भने “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ, मागअनुसार बजारमा पुर्याउन सकेका छैनौँ।”

हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी र स्थानीय बजारमा सहजै खपत हुने गरेको उनले बताए।

“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उनले भने, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।”

पहिलो पटक व्यावसायिक रूपमा खुर्सानी उत्पादन गरिएकाले आगामी दिनमा खेतीको क्षेत्र विस्तार गर्दै लैजाने तयारी गरिएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना ९हेफर० ले कृषि प्राविधिक, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन उपलब्ध गराएको छ।

“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” उनले भने, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”

हालसम्म करिब रु सात लाखको खुर्सानी बिक्री भइसकेको छ। फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु फार्मकै सवारीसाधनमार्फत कृषक तथा व्यापारीकहाँ ढुवानी गरिदिने गरिएकाले व्यापारी तथा उपभोक्तालाई सहज भएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.