भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन

बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन

काठमाडौं, २९ भदौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक सञ्जाललाई असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माणको काम अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री वालेन्द्र शाह र बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनर्निर्माणलाई तीव्रता दिइएको जानकारी दिए । मन्त्री लम्सालका अनुसार सडक तथा पुल निर्माणको कामलाई प्रभावकारी बनाउन विभिन्न विषयगत आठ वटा कार्यदल गठन गरिएको छ ।

ती कार्यदलमार्फत क्षतिग्रस्त पूर्वाधारको अवस्था पहिचान गरी पुनर्निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको उनले बताए । पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नुपर्नेमा मन्त्री लम्सालले जोड दिए ।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवतजावत सहज बनाउन वैकल्पिक सडक सञ्चालन, तुइन तथा झोलुङ्गे पुल जडानको कामलाई समेत तीव्रता दिइएको उनले बताए । अस्थायी व्यवस्थासँगै पक्की सडक तथा पुल निर्माणलाई छिटो सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

मन्त्री लम्सालले स्थानीय जनप्रतिनिधिलाई काठमाडौंमै रहेर मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग समन्वय गर्न आग्रह गरे । प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको विवरण उपलब्ध गराउने, योजना निर्माण गर्ने, निर्माण कार्यमा समन्वय तथा अनुगमन गर्ने र आवश्यक नियमनमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

खानेपानीतर्फ पनि सरकारले पुनःस्थापनाको काम अघि बढाएको मन्त्री लम्सालले जानकारी दिए । प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गर्ने लक्ष्य रहेको उनले बताए । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा लगायतका आवश्यक पूर्वाधार निर्माण तथा पुनःस्थापनाको काम पनि सरकारले अघि बढाइरहेको मन्त्री लम्सालले बताए ।

छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैरसरकारी संस्थाहरूले बाढी प्रभावितका लागि घर निर्माण गरिदिने तथा ज्येष्ठ नागरिक र बालबालिकाको संरक्षण गर्ने लगायतका आश्वासन दिँदै हिँडेको बताए ।

उनले गैरसरकारी संस्थाहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग समन्वय गरेर मात्रै प्रभावित क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा कुनै पनि पीडित छुट्न नदिने गरी तथ्याङ्क सङ्कलन गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । सङ्कलन गरिएको विवरण समयमै सरकारलाई उपलब्ध गराउनसमेत उनले आग्रह गरेका छन् ।

सरकारले सडक, पुल, खानेपानी, स्वास्थ्य तथा शिक्षालगायतका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाइरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.