भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो

भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो

काठमाडौं, २९ भदौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले विपद्को समयमा सङ्घीय सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन् ।

भदौ १० गते आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि सङ्घीय सरकारले चालेका कदमको जनप्रतिनिधिहरूले प्रशंसा गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको छलफलमा उनीहरूले बाढीपछिको उद्धार तथा राहतका काममा सङ्घीय सरकारले सुरुदेखि नै प्रदेश र स्थानीय तहसँग समन्वय गरेको बताएका थिए ।

जनप्रतिनिधिहरूका अनुसार बाढी आएलगत्तै सङ्घीय सरकारले स्थानीय तहसँग समन्वय गर्दै मन्त्री तथा कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाएको थियो । खोज तथा उद्धारका साथै राहत वितरणको अवस्थाबारे नियमित अनुगमन र निरीक्षणसमेत भइरहेको उनीहरूले बताए ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर छलफल गर्नु सकारात्मक भएको उनीहरूको भनाइ थियो । धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विपद्को समयमा सङ्घीय सरकारले प्रभावकारी काम गरेको बताए ।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सङ्घीय सरकारको समन्वयमा तत्काल खोज तथा उद्धारको काम सुरु भएको भन्दै प्रशंसा गरे । उनले प्रभावित क्षेत्रमा नियमित अनुगमन तथा निरीक्षणको काम पनि प्रभावकारी रूपमा भइरहेको बताए ।

जनप्रतिनिधिहरूले आगामी दिनमा बाढी प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । विपद् व्यवस्थापनमा कुनै पनि प्रकारको भेदभाव हुन नहुनेमा जोड दिँदै जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाले घर बनाइदिने तथा बालबालिकालाई आश्रय दिने लगायतका आश्वासन दिन थालेकाले त्यसप्रति निगरानी आवश्यक रहेको बताए ।

उनीहरूले प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार गर्न, बेपत्ता व्यक्तिको खोजीलाई तीव्र बनाउन तथा सम्भावित महामारी रोकथामका लागि आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि अस्थायी बसोबासको उचित व्यवस्था मिलाउनसमेत उनीहरूले आग्रह गरेका छन् ।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युतम लामिछाने सहभागी थिए । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी थिए ।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा सहभागी थिए । धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) सहभागी थिए ।

तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाको पनि छलफलमा सहभागिता थियो ।

 


Thali Mobile Pvt.Ltd.