भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन हुँदै

जनसांस्कृतिक महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलन आज सुरु हुँदै छ । बिहीबार सुरु हुने सम्मेलन भोलिसम्म चल्नेछ ।

श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागेको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए ।

महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसङ्गति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील सङ्गठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न पहलकदमी लिने बताएको छ ।

जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, सङ्गीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन र प्रबर्द्धनका लागि

आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, सम्बर्द्धन र विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने सहयात्रीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.