भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठान । गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । नौबाहिनी गाउँपालिका लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

जीपमा १३ जना सवार रहेको थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको र सडकबाट तीन सय मिटर तल खसेको प्रहरीको भनाइ छ । पहिरो खसेका कारण दुर्घटना भएको र घटनाको थप विवरण आउन बाँकी छ ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । तीमध्ये ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्यान गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.