भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने वकिलहरूको घोषणा

जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने वकिलहरूको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने नेपाल बार एशोसिएसनले जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीको बल प्रयोग भएको भन्दै त्यसको विरोधमा जबरालाई अदालत प्रवेश निषेध गर्ने घोषणा गरेको हो । आज शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।

जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायी घाइते भएका थिए । आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्र नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको खबर सार्वजनिक भएपछि नेपाल बारले आन्दोलन थालेको छ । आन्दोलन अन्तर्गत नै कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् । बार र अदालतमा अहिले राजनीति हावी भएको भन्दै नागरिकले गुनासो गर्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.