काठमाडौं । ‘काेभिड-१९’ काे संक्रमण राेक्न ७ सय ५३ वटै स्थानीय तहलाई ठूला जमघट नर्गन निर्देशन दिदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वसाधारणलाई सतर्क गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सबै स्थानीय तहलाई कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि ध्यानाकर्षण पत्र समेत पठाएको छ । ठूला जमघट हुने खालका कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन नदिन र सजकता अपनाउन आग्रह गरेको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले बताए ।
सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली एलर्टमा राखेर परीक्षण गर्ने व्यवस्था समेत मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।
विश्वमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाउन र नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ ।