भर्खरै : Sorry, your browser does not support inline SVG.

जर्मनमा नेपाल सम्वत् ११४३ काे उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जर्मनमा नेपाल सम्वत् ११४३ काे उपलक्ष्यमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

जर्मन । जर्मनमा नेपाल सम्वत ११४३ को भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । जर्मन स्थित नेवा : खल हम्बर्ग परिवर नामक संस्थाले जर्मनमा नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा “नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ दीपावली, नेवाः भोज र बिबिध सांस्कृतिक” कायक्रम सम्पन्न गरेको हो । नेपालको आफ्नै मौलिक सम्वत बिदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो पहिचानको लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिति बिश्व नेवा : संगठनका अध्यक्ष श्रीमती रजनी प्रधानले प्रवासमा रहेका नेपालीहरुले आफ्नो संस्कृति परम्परा जोगाईराख्नु पर्ने बताइन । उनले बिशेष गरि नेवाः समुदायमा नेपालको पहिचानका रुपमा धेरै प्रकारका नाँचगान, बाजागाजा, पहिरन, भोज र चाँडपर्वहरु रहेको बताउँदै कार्यक्रममा उपस्थित हुन पाएकोमा खुःशी व्यक्त गरिन । अध्यक्ष प्रधानले कर्मथलो प्रदेश भए पनि जन्मथलोको सम्झना आउँने गरि कार्यक्रमहरु गर्दै जानु पर्ने बताइन ।

जर्मनको हम्बर्ग शहर स्थित बारम्बेकर मार्केट ४१ मा भएको कार्यक्रममा बेल्जियम, फ्रान्स, लण्डन लगायत जर्मनका बिभिन्न शहरहरुबाट ६ सय जनाको सहभागीता रहेको संरक्षक कुमार नापीतको भनाई छ । संस्थाका संरक्षक चिरन श्रेष्ठले लाखे प्याखं नाच प्रदर्शन गरेका थिए भने लोकप्रिय कलाकारहरुका साथमा शुभकामना आदान प्रदान गरिएको थियो ।

आयोजक नेवाः खल हम्बर्ग संस्थाका अध्यक्ष मानव कुमार श्रेष्ठ, उपाध्यक्ष बिपिन श्रेष्ठ, कोषाध्यक्ष जगन श्रेष्ठ, संस्थापक संरक्षक चिरन कुमार श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, कुमार नापीत, सांस्कृतिक संरक्षक सरोज श्रेष्ठ, सांस्कृतिक सञ्जय श्रेष्ठ, सह–उपाध्यक्ष उर्मिला बदगामी र सल्लाहकार सकिला राजभण्डारी, राजाराम श्रेष्ठ सह सल्लाहाकार गणेश तालभडेल, सदस्यहरु रामकाजी गोसाई, प्रविन श्रेष्ठ लगायत बिभिन्न देशमा बसीरहेका नेवाःहरु र स्थानीय जर्मन नागरिकहरुको सहभागीता रहेको संरक्षक कुमार नापीतको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.