जलवायु परिवर्तन सम्वन्धी कोप सम्मेलन इजिप्टमा हुने

जलवायु परिवर्तन सम्वन्धी कोप सम्मेलन इजिप्टमा हुने

काठमाडौं । जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय कोप सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको हो ।

कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए ।

८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका छन् । अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर समेत गरेका छन् ।

अमेरिका, चीनले लगायत कार्वन उत्सर्जन गर्ने देशहरुले पनि न्युनिकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति जनाएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.