भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

जलविद्युत् आयोजनाको ढलान खस्दा ज्यान गुमाएका कामदारका परिवारले ३० लाख रुपैयाँ राहत पाउने

जलविद्युत् आयोजनाको ढलान खस्दा ज्यान गुमाएका कामदारका परिवारले ३० लाख रुपैयाँ राहत पाउने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर ज्यान गुमाएका दुई जना कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ प्रदान गर्ने भएको हो ।

लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्याक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्शन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडाध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमाबापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिने छ ।

प्रतिपरिवार नगद सात लाख र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराइने भएको छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ ।

आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आयोजनाको ढलान भत्किँदा दुई जना कामदार यही असार २१ गते थिचिएका थिए । यो घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अरुको अवस्था सामान्य रहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.