भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

जहाज दुर्घटनास्थलबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको छः स्थानीय

जहाज दुर्घटनास्थलबाट नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको छः  स्थानीय

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको जहाज भएको ठाउँमा पुगेका स्थानीयले कोही पनि जीवित नभेटिएको बताएका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको बताएका छन् ।

कसरी भेटियो जहाज ?
तारा एयरका पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा उक्त दुर्घटनाग्रस्त विमानको खोजी गरिएको थियो । आइतबार खराब मौसमका कारण हेलिबाट खोजी सम्भव नभएपछि नेपाली सेनाको खोजी तथा उद्धार टोली पनि जोमसोम फर्किएको थियो ।

घटना स्थल आसपासमा यार्सागुम्बा खोज्ने युवाको टिम रहेछ । उनीहरुले बिहान देखेपछि प्रहरीलाई खबर गरे । त्यही आधारमा नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थल पुग्यो । शवहरु यत्रतत्र जलेको अवस्थामा क्षतविक्षत भए पनि कतिपयका अनुहार चिन्न सकिने अवस्थामा रहेको भेटियो ।

मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थानमा घटना भएको स्थानीयले बताए । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि सेना, प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका थिए ।

सोमबार बिहानैबाट पुनः खोजी थालियो । नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार जहाजमा चालक दलका ३ सदस्य रहेका थिए । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले जहाज उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा त्यसैमा थिए ।

उक्त जहाज दुर्घटनामा धनुषा मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परे छन् । यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजसम्म पुग्न सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । मानापाथी हिमालको फेदीमा आगो लागिरहेको देखेपछि स्थानीयले नेपाली सेनालाई खबर गरे ।

खोजी तथा उद्धार कार्यमा खटिएको टोली त्यहाँसम्म पुग्न सकिरहेको थिएन । सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाजलाई स्थानीयले फेला पारे । मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त जहाज भेटियो । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त जहाज ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको हो ।

प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न सक्ने अवस्था थिएन । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरेर सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.