जानीराखौं ‘ड्रागन फ्रुट’को विशेषता र खेति गर्ने तरिका

जानीराखौं ‘ड्रागन फ्रुट’को विशेषता र खेति गर्ने तरिका

काठमाडौं । सिउडि प्रजातीको फलफुल हो ड्रागन फ्रुट । गर्मि र सुख्खा हावापानीमा हुने ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ। यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल १।२ केजी हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गूदी भयको, पहेलो बोक्रा र सेतो गूदी भयको, रातो बोक्रा र रातो गूदी भयको जात पर्दछ ।

खेतिको विस्तार
दक्षिण अमेरिकाको मेक्सीकोमा उत्पति भएको यो फल दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै नेपालमा भित्रीएको छ ।नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन् । काभ्रे, सुनसरी, रुपन्देहि गोरखा झापा धनकुटा, दाङ लगायत धेरै जिल्लामा खेती हुदै आएको छ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।

हावापानी
ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भयको प्रसस्त घामलाग्ने र समुर्दी सतह देखी १५०० मिटर सम्म उचाइ भयको जमिनमा गर्न सकिन्छ र यो फल वार्षिक ५० – १५० सेन्टिमिटर बर्षा र ३० से तापक्रम हुने ठाउमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भयकोले यसको लागि पानी नजम्ने ठाउँ रूज्नु पर्दछ र बलौटे देखी दोमट माटो सम्ममा सजिलै खेती गर्न सकिन्छ ।

कम मलिलो र १० – ३०५ सम्म बालुवा भएको माटोमा पनि सजिलै खेती गर्न सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुबिधा भएको ठाउंमा तराइ, भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ । माटोको पिएच ५–५ देखी ७ सम्म हुनु पर्ने छ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ।

बिरुवा रोप्ने तरिका
यो विरुवाको प्रशारण कलमि तथा विऊवाट गर्न सकिन्छ। एक बर्ष अथवा एक बर्ष भन्दा बढी उमेरको बिरुवाबाट कटिङ लिनुपर्छ र कटिङको लम्बाई ६९१५ इन्च सम्मको हुनुपर्दछ। कटिङ लिदा बिरुवामा घाऊ बन्ने भयकोले काटी सकेपछी बिरुवा र कटिङ्को काटियको भागमा बोर्देक्स मिश्रणमा डुबाउन पर्छ ।

कटिङलाई १–२ दिनसम्म अध्यारो ठाउँमा राख्नु पर्दछ र त्यसपछि उक्त कटिङलाई उपयुक्त प्लास्टिकको थैलोमा लगाउन पर्छ । पोलिब्यागमा बिरुवा तयार गर्दा माटो वालुवा र प्राग्रांरिक मलको मिश्रण बनाई ९९×१३० भर्नुपर्छ। माटोको चिस्यान अवस्था हेरी नर्सरीको विरुवालाई पानि दिनुपर्छ। बढि पानि दिएको खण्डमा जरा कुहिने समस्या आउन सक्छ।

मल व्यबस्थापन
बिरुवालाई प्राय गरेर प्रांगारिक मल मात्र दिने चलन छ।खासगरि बिरुवा रोप्ने खाडमा ८–१२ केजि गोबर मल, १५०–२००ग्राम बोकासी मल, ३० ग्राम डिएपि र २५ ग्राम म्युरेट अफ पोटास माटो संग मिलाएर प्रयोग गर्नुपर्छ। बिरुवाको वृदि अवश्थामा नाईट्रोजन मल दिन आवश्यक हुन्छ भने फुल फूल्न सुरु गरेपछि मल दिन बन्द गर्नुपर्छ। प्रकाश संस्लेषण क्रिया गर्न खाद्य पदार्थको शोषण गर्न बोटको तापक्रमलाई निरन्तरता दिन र विभिन्न रासायनिक प्रतिक्रिया गराउन नभै नहुने प्रदार्थ पानि हो।

बिरुवाको बृद्धि बिकासको बिभिन्न चरणमा पानि नभैहुंदैन यस्तो बेलामा पानि नभएमा उत्पादनमा प्रतिकुल असर पर्दछ। यस्तो समयलाई बिरुवाको कृटिकल स्टेज भनिन्छ ।फलको बिकास भैराखेको बेला पानिको अभाब हुनुहुदैन । गर्मि समयमा ५–७दिन बिराएर औठि आकारको कुलेसो बनाई सिचाई दिनु पर्दछ।

महत्व
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ।यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ।जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ। यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ ।यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ।यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। यसको मुन्टाको गजबको तरकारी बन्छ।

फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ। जो जेठदेखि असोज९कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ।फूल फुलेको चार९पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.