भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जी–२० सम्मेलन नेपालका लागि उपलब्धिमूलक छः अर्थमन्त्री महत

जी–२० सम्मेलन नेपालका लागि उपलब्धिमूलक छः अर्थमन्त्री महत

काठमाडौं । भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

सम्मेलनमा भाग लिएर बुधबार फर्किने क्रममा मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । तीन वटा महत्त्वपूर्ण विषयमा छलफल भएको मन्त्री महतले बताए ।

पहिलोः जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो ।

दोस्रोः भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग लगानी र व्यापारका विषयमा छलफल भयो ।

तेस्रोः गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्त्वका रुपमा लिनुपर्छ ।

जी–२० विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२० को सदस्य नभएपनि आमन्त्रण गरेकाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भएको महतले बताए ।

 


Thali Mobile Pvt.Ltd.