भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जुवाको खालबाट १३ जना पक्राउ

जुवाको खालबाट १३ जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । नगद १ लाख रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जुवातासका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका–१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.