भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जोरपाटीको सिँधुवा बजारमा भीषण आगलागी

जोरपाटीको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा । छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा घरहरु जलेर नष्ट भएका छन् ।

बेलुका ७ बजे लागेको आगो बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासीले बताए ।

तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आईरहेको प्रहरीको भनाइ छ ।

थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.