भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

टि२० विश्वकप दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

टि२० विश्वकप दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

एजेन्सी । आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा एडिलेड ओभलमा सुरु हुनेछ ।

विष्फोटक ब्याटरले भोरिएका उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारत सुपर १२ को समूह बी को विजेता टोली हो ।

इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो ।  भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।

इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।

 


Thali Mobile Pvt.Ltd.