भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

टीआरसी विधेयकमा अल्झीयो कांग्रेस

टीआरसी विधेयकमा अल्झीयो कांग्रेस

काठमाडौं । वृहत् शान्ति सम्झौताअन्तर्गत पीडित र पीडकलाई पनि स्वीकार्य हुने गरी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन ल्याउनुपर्ने कांग्रेसले बताएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी, पूर्व पदाधिकारीसहितका शीर्ष नेताको बैठकले यी दुई आयोगको ऐनका विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीआरसी बिलका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र शीर्ष नेताबीच छलफल भएको छ । सभापति र पदाधिकारीलाई यो बिलका प्रावधानका विषयमा जानकारी गराइएको छ ।

शान्ति सम्झौताअन्तर्गत पीडित र पीडकलाई पनि स्वीकार्य हुने गरी ऐन बन्नुपर्छ भन्नेमा छलफल भयो । यसमा पनि थप सुझाव छन् कि भनेर छलफल भएको छ ।’ ऐन बनाउँदा सर्वोच्चको आदेश, भइरहेको अभ्यास, सदनमा उठेका विषयलाई पनि प्राथमिकता दिने कुरा भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.