भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

टी–२० आजदेखि, विजेतालाई ५५ लाख

टी–२० आजदेखि, विजेतालाई ५५ लाख

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज शनिबारदेखि टी—२० लिग सुरु हुने भएको छ । विजेतालाई ५५ लाख रुपैयाँ पुरस्कार राशी राखिएको छ । उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख र इमर्जिङ प्लेयरले १ लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने छन् । उनले भने, ‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर गरिएको निर्णय थियो । एसोसिएटले ठूलो चुनौती फेस गर्नुपर्ने रहेछ ।’ नेपाल टी—२० बाट चार पक्ष लाभान्वित हुने आलुवालियाले बताए ।

खेलाडी, क्यान, अर्थतन्त्र र बोर्डलाई फाइदा हुने उनको भनाइ छ । प्रतियोगिताको युरो स्पोट्सले प्रत्यक्ष प्रसारण गर्ने पनि जानकारी दिए । फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रसारण गर्नेछ । प्रतियोगिताको टाइटल स्पोन्सर वान्स एक्स ब्याट कम्पनी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.