ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

पाल्पा । पूर्वखोलामा शनिबार राति भएको ट्याक्टर दुर्घटनामा २२ वर्षीय कमल रानाको मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका टेक्टर चालक रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातिको समयमा लु ४ ७१९८ नम्बरको टेक्टर अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ । आर्यभञ्याङ–पूर्वखोला कच्ची सडक खण्डको मंगला भन्ने स्थानमा चेवाबाट जल्पातर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब पाँच मिटर तल खसेको र घटनाको सम्बन्धमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.