ठगीका घटना दोब्बरले बढ्यो

ठगीका घटना दोब्बरले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ ।

कोभिड १९ को संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरू पनि बढेका हुन् ।

गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए ।

चालू आवको तीन महिनामा यो रकम बढेर १९ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर हो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ९ करोड २ लाख रुपैयाँ रहेको थियो ।कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति लिएको विभागका निर्देशक कृष्णप्रसाद ज्ञावालीले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.