भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ठुलो सङ्कट: सेनाका १५० वटा ट्याङ्कर तयारी अवस्थामा

ठुलो सङ्कट: सेनाका १५० वटा ट्याङ्कर तयारी अवस्थामा

काठमाडौं । बेलायतमा इन्धन सङ्कट उत्पन्न भएको छ । सरकारले सेनाका करिब १५० वटा ट्याङ्करलाई तयारी अवस्थामा रहेको बताएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द भएका छन् भने बाँकी रहेकोमा मानिसहरू घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।

अनावश्यक रूपमा इन्धनको लागि आतङ्कित भएका कारण झन् समस्या उत्पन्न भएको सरकारको आरोप छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इन्धन समस्या चाडै सामान्य हुने बताउँदै सबैलाई सामान्य अवस्थामा जस्तै इन्धन भर्न र आ–आफ्नो व्यवसायमा फर्कन आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाइ तथा ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार भन्दा बढी लरी ड्राइभरको अभाव भएको अधिकारीहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.