भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

ठुलो सङ्कट: सेनाका १५० वटा ट्याङ्कर तयारी अवस्थामा

ठुलो सङ्कट: सेनाका १५० वटा ट्याङ्कर तयारी अवस्थामा

काठमाडौं । बेलायतमा इन्धन सङ्कट उत्पन्न भएको छ । सरकारले सेनाका करिब १५० वटा ट्याङ्करलाई तयारी अवस्थामा रहेको बताएको छ । अधिकांश पेट्रोल स्टेसन इन्धन नभएर बन्द भएका छन् भने बाँकी रहेकोमा मानिसहरू घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।

अनावश्यक रूपमा इन्धनको लागि आतङ्कित भएका कारण झन् समस्या उत्पन्न भएको सरकारको आरोप छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इन्धन समस्या चाडै सामान्य हुने बताउँदै सबैलाई सामान्य अवस्थामा जस्तै इन्धन भर्न र आ–आफ्नो व्यवसायमा फर्कन आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण नयाँ चालक अनुमति पत्रमा भएको ढिलाइ तथा ब्रेक्जिटका कारण युरोपियन मुलुकका कामदार फिर्ता हुनु जस्ता कारणले अहिले करिब ९० हजार भन्दा बढी लरी ड्राइभरको अभाव भएको अधिकारीहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.