भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

डाक्टर कुट्ने ४ जना पक्राउ

डाक्टर कुट्ने ४ जना पक्राउ

मकवानपुर । चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका हुन ।
ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका थिए ।

प्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । मृतक प्रधानकै परिवारका चार सदस्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही अस्पतालमा प्रारम्भिक उपचार गरी रेफर गरिएका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामै मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.