काठमाडौं । सत्ता टिकाउन सरकारले अदालतको आदेश विपरित कार्य गरेको सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आरोप लगायका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउँन रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु हुन । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. कोइरालाले उक्त कुरा बताएका हुन ।
कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति समेत जनाएका छन् । उनले दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उहाँले आक्रोश समेत व्यक्त गरे ।
कोइरालाले काँग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउदै अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको तर्क गरे । नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने बताए ।
