भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

डेँगी संक्रमणबाट बच्न द्रुत प्रतिकार्य समितिको गठन, टोलटोलमा खोज र नष्ट अभियान

डेँगी संक्रमणबाट बच्न द्रुत प्रतिकार्य समितिको गठन, टोलटोलमा खोज र नष्ट अभियान

भक्तपुर । डेँगीको संक्रमण बढ्न थालेपछि देशका विभिन्न पालिकाहरुले विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । हालै चाँगुनारायण नगरपालिकाले डेँगी रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाले तयार गरेको योजना अनुरुप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रस लगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्था तथा विद्यालयको सहभागितामा घरधुरी सर्वेक्षण गरी घर घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ्ग गर्ने, सबै वडाहरुमा डेँगी नियन्त्रण रोकथाम खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थाहरुलाई डेँगीको सम्भावित जाँचको लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेँगी रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताए । समुदायमा डेङ्गुसम्बन्धि जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपायहरु लागू गर्नका लागि पनि समन्वय गर्न निर्देशन दिएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.