बुटवल । डेंगीका कारण पत्रकार टेक मास्कीको निधन भएको छ ।
पत्रकार टेक मास्की राना दुई साताअघि डेंगी भएसँगै अस्पताल भर्ना भएका थिए ।
४८ वर्षका रानाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।
स्याङ्जाका रानालाई डेंगी सँगसँगै मिर्गौलामा पनि समस्या देखिएको थियो ।
बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका रानाका तीन सन्तान छन् ।
उनकी श्रीमतीको पनि केही महिनाअघि क्यान्सरका कारण मृत्यु भएको थियो ।
