भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलियो,आँखाको सङ्क्रमणका कारण विद्यालय बन्द

डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलियो,आँखाको सङ्क्रमणका कारण  विद्यालय बन्द

काठमाण्डौ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ पुगेको हो । डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेङ्गी लाग्न नदिनको लागि लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुको आग्रह छ ।

सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेस प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जनामा डेङ्गी पुष्टि भएको छ ।

यो संगै आँखाको सङ्क्रमणका कारण कतिपय ठाउँका विद्यालय बन्द गरिएका छन् । एकदेखि दुई हप्तामा सङ्क्रमण आफैँ निको हुने भएकाले नआत्तिन तथा रोगबाट बच्न सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजान र सङ्क्रमित व्यक्तिलाई भिडभाडमा नजान आग्रह गरीएको छ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका टावेल, रुमाल, सिरानी, तन्नालगायतको प्रयोग नगर्न समेत मन्त्रालयले सुझाएको छ । आँखा सफा राख्ने, छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुन पनि मन्त्रालयको आग्रह छ ।

डेङ्गीसँगै केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण पनि देशभर फैलिएको छ । आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने तथा घाम वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.