भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

डोल्पा जान उडेका यात्रु मुगु पुगेपछि…

डोल्पा जान उडेका यात्रु मुगु पुगेपछि…

काठमाडौं । नेपालगञ्जबाट डोल्पा जुफाल विमानस्थल जान उडेका यात्रु मुगुको ताल्चा विमानस्थल पुगेपछि अच्चममा परेका छन् । समिट एयरको टिकट काटेर दुधे बालकसहित एक महिला यात्रु डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी हुन ।

समिट एयरको टिकट लिएर उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढेकी हुन । दुधे बालकसहित डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा डोल्पा नपुगेर मुगुको ताल्चा विमानस्थल पुगेपछि दुईछक परिन् ।

विमानस्थलबाट सँगसँगै उड्न लागेका दुई जहाजमध्ये उनी मुगुको ताल्चा विमानस्थल जाने नेपाल एयरलाइन्सको जहाज चढेकी रहिछिन् । यसमा उनको गल्ती भन्दा पनि त्यहाँको सुरक्षा निकाय र कर्मचारीको लापरबाहीका कारण उनी मुगु पुगेकी छन् ।

दुवै एयरलाइन्सका कर्मचारीको कमजोरीका कारण डोल्पा उडेकी बुढा मुगु पुगेको नेपाल एयरलाइन्सका उच्च अधिकारीले बताए । एक जहाजका यात्रु अर्को जहाजमा चढ्दा ग्राउण्डमा खटिएका कर्मचारीले किन हेरेनन् ? कुरा यही निर छ ।

‘बोर्डिङ पास लिइसकेका यात्रु छुट्दा समिटले पनि तत्काल सोधखोज किन गरेन ? दुवै एयरलाइन्सका कर्मचारीको कमजोरीलाई कसरी हेर्ने ? घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बुढाले सुरक्षा माग गरेपछि हवाई सुरक्षामै कमजोरी देखिने गरी भएको गम्भीर लापरबाही बाहिर आएको हो ।

मंगलबार बिहान भएको यो घटनापछि नेपाल एयरलाइन्सको सोही जहाजबाट ती यात्रुलाई आजै नेपालगञ्ज फर्काइएको नेवानिका कर्मचारीले बताए । घटनाबारे जानकारी प्राप्त भएपनि विस्तृत विवरण नआएको नेपालगञ्जस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सुरेश खनालले बताए ।

 


Thali Mobile Pvt.Ltd.